सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि भइसकेकाे छ : प्रवक्ता महत « Khabarhub

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि भइसकेकाे छ : प्रवक्ता महत


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसंग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।

उनले गृहमन्त्री लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्ने गरि समिति बनाउनुपर्ने धारणा राखे ।

रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।

प्रवक्ता महतले कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक रहेको बताए ।

उनले विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ४७ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर