कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली « Khabarhub

कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।

एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो भनेका हुन् ।

नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ’, उनले भने, ‘त्यसकारण संसद् चलाउनै पर्छ। देश नै ठप्प पार्ने काम स्वीकार्य हुँदैन । कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।’

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए ।

‘कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ’, उनले भने, ‘आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि !’

त्यसैगरी ओलीले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताएका छन् ।

ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्‍याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेकोमा कटाक्ष गरे ।

‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ’, उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ७ : ३० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको