विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपाको आह्वान « Khabarhub

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपाको आह्वान


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गरेका हुन् ।

आह्वानपत्रमा भनिएको छ, “पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।”

निर्वाचन आयोगले गत वैशाख २४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीमा राईसँगै सङ्घीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी गरी सात जना रहेका छन् ।

जसपा अध्यक्ष यादवले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जनता समाजवादी पार्टीलाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश गरिसकेको छ भने यही जेठ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : २४ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं