बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता « Khabarhub

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि आज अपराह्नसम्ममा चारवटा पदमा मनोनयन दर्ता गरिएको छ ।

राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अर्थ तथा विकास समितिको सभापति पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट दुईजनाको उम्मेदवारी दर्ता गरेकाले सो पदमा भोलि शनिबार अपराह्न निर्वाचन हुने सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

नेकपा (एमाले)को भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने उम्मेदवारी दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले आज बसेको सर्वदलीय बैठकले निर्विरोध निर्वाचन गर्ने सहमति गरेअनुसार मनोनयन दर्ता भएका बताए।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : ३४ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा