इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो | Khabarhub Khabarhub

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो ।

विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो । दुवैजना वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि इन्टरपोलमार्फत पक्राउ गरिएको हो ।

बलबहादुरलाई ईलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ९ : ५८ बजे

राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए

एजेन्सी- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानका कप्तान राशिद खानले क्रिकेटका

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

काठमाडौं– नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’

काठमाडौं– नेकपा (एमाले)का सांसद्‌ रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१-८२ को बजेट

जलवायु परिवर्तनका कारण आगलागी बढ्दै

एजेन्सी– विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जंगली