विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा फिल्डिङ गर्ने « Khabarhub

विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा फिल्डिङ गर्ने


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल खेल्दैछ । केही बेरमा सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने नेपाल र बंगलादेशबिचको खेलको टस भइसकेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

विश्वकपको सुपर ८ बाट बाहिरिएको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर ८ को दौडबाट बाहिरिएको थियो ।

नेपालको टिममा दक्षिण अफ्रिकाविरुद्धको खेलमा रहेका करण केसीलाई सन्दीप जोराले प्रतिस्थापन गरेका छन् । आज सन्दीप जोराले विश्वकपमा पहिलो खेल खेल्दैछन् ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो। यो खेलको चर्चा सामाजिक सञ्जालमा आजसम्म उस्तै छ।

नेपालविरुद्ध जित्नै पर्ने दबाबमा बंगलादेश

बंगलादेशका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। बंगलादेशको अहिले ३ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ।

यो समुहमा नेदरल्याण्डसको पनि सुपर आठको सम्भावना कायमै छ। भोलि बिहान नै हुने श्रीलंकासँगको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने छ। यसका लागि नेदरल्याण्डसको नेट रन रेट उत्कृष्ट हुनुपर्ने छ।

यस समूहबाट नेपाल र श्रीलंका सुपर आठको दौडबाट बाहिरिसकेका छन्।

दश वर्षअघिको हारको बदला लिने अवसर

आज नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने अवसर छ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित भएका थियो।

त्यतिबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग नेट रनरेटमा पछि पर्दै समुह चरणबाटै बाहिरिएको थियो। त्यसयता दश वर्षपछि विश्वकप खेलेको नेपाल बंगलादेशसँग नै खेल्न लागेको हो।

बंगलादेशलाई हराउँदै नेपाल हारको बदलासँगै टेष्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्न चाहन्छ।

त्यतिबेला बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो। १२७ रनको लक्ष्य बंगलादेशले १५.३ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो।

नेपालका लागि पारस खड्काले ४१ र शरद भेषावकरले ४० रन बनाएका थिए। त्यतिबेला बंगलादेशका लागि सकिब अल हसनले नट आउट ३७ रन बनाएका थिए। उनी अहिले पनि बंगलादेशको टोलीमा सामेल छन्। अनामुल हकले ४२ रन बनाएका थिए।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ५६ बजे

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,

जेन-जी आन्दोलनमा पक्राउ परेका युवाका आमाको सिंहदरबारमा धर्ना

काठमाडौं– गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी

राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुछ: उपसभापति चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीको गौरवशाली

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

काठमाडौँ– किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई  तीन सातासम्म निःशुल्क जनरल