सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री « Khabarhub

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

उनले भने- ‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमर (अफवाह)हरूमा सत्यता छैन ।’

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

उनले भने- ‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’

गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरूलाई खुलेर छलफल गर्न निर्देशन दिएका थिए ।

त्यस्तै रास्वपाका मन्त्रीहरूले राजीनामा बोकेर हिँडेको अभिव्यक्ति दिदै सत्ता सहकार्यको समीक्षा गर्ने बेला भएको बताएका थिए । त्यस्तै एकीकृत समाजवादीले पनि सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको