ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार (तस्बिरहरू) « Khabarhub

ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार (तस्बिरहरू)


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ ।

चालहरूले डिपोबाट इन्धन नउठाउँदा उपत्यकाका जसोसबै पम्पमा डिजेल र पेट्रोल रित्तिएर हाहाकार भएको हो ।

निजी क्षेत्रका पम्पमा इन्धन रित्तिएपछि सोमबारदेखि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा हजारभन्दा धेरै सवारीसाधनको लाइन छ ।

यी सरकारी पम्पहरूले इन्धन ओसार्न आफ्नै ट्यांकर प्रयोग गर्छन् । डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेकाले अहिले ती पम्पमा उपभोक्ताको थेगिनसक्नु लाइन देखिएको हो ।

शनिबारदेखि निजी क्षेत्रका पम्पहरूमा इन्धनको आपूर्ति नहुँदा केही सीमित सरकारी पम्पमा चाप बढेको हो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले चालकको आन्दोलन डिपोबाट इन्धन ढुवानी नहुँदा अभाव बढेको बताए ।

अत्यावश्यक वस्तु सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा हड्ताल, बन्द वा विरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइँदैन ।

अहिले आन्दोलित चालक र नेपाल आयल निगमबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता हुँदैछ । वार्ता मिलेमा आजैदेखि इन्धन संकट हल हुने बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ४० बजे

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता