ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न  « Khabarhub

ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न 


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार सम्पन्न भएको छ ।

काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताएका छन् ।

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरूका लागि यस पटक अमृत योगको आयोजना गरिएको हो ।

साधना समापनका अवसरमा विभिन्न २८ चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त विष्टले बताएका छन् ।

यस पटकको अमृत योगमा २२ जना सहभागी थिए । सहभागीहरूले आफ्नो योगाभ्यासको अनुभव सुनाउँदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरू हल भएकोले आफूले नियमित भाग लिँदै आएको बताए ।

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यस प्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभई यो जीवनशैली भएको बताइन् ।

उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमशः सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रूपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन् ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित  प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भने ।

आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिँड्नु पर्ने नभई अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने आयाेजकले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया