ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न  « Khabarhub

ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न 


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार सम्पन्न भएको छ ।

काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताएका छन् ।

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरूका लागि यस पटक अमृत योगको आयोजना गरिएको हो ।

साधना समापनका अवसरमा विभिन्न २८ चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त विष्टले बताएका छन् ।

यस पटकको अमृत योगमा २२ जना सहभागी थिए । सहभागीहरूले आफ्नो योगाभ्यासको अनुभव सुनाउँदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरू हल भएकोले आफूले नियमित भाग लिँदै आएको बताए ।

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यस प्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभई यो जीवनशैली भएको बताइन् ।

उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमशः सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रूपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन् ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित  प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भने ।

आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिँड्नु पर्ने नभई अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने आयाेजकले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ४४ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न