प्रधानमन्त्रीले भने : बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने : बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ

प्रहरी महानिरीक्षक फेर्ने योजना नरहेको जवाफ


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

उनले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको पनि दाबी गरे ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ यो बजेट प्रतिनिधिसभाबाट पारित हुन्छ ।’

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि सरकारबाट थुप्रै सकारात्मक पहल भएको दाहालले बताए ।

‘सरकारको काम सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता ठानेको छु’, दाहालले भने ।

उनले नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरलाई हटाएर नयाँ ल्याउने कुरा हल्ला मात्रै भएको पनि बताए ।

दाहालले केही दिनअघि तीनै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको पनि जानकारी दिए ।

उनले तीनैजना सुरक्षा प्रमुखहररुलाई आफूले ढुक्कसँग काम गर्न निर्देशन दिएको पनि जानकारी दिएका छन् ।

‘मैले अस्ति मात्रै तीनै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ प्रचण्डले भने, त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ, कसैलाई फेर्ने हल्ला मात्रै हो ।’

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया