पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना « Khabarhub

पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थाको रहेको तथ्यांकले देखाएको छ । जसले गर्दा सरकारले चालु आर्थिक वर्ष(आव)को बाँकी रहेको अवधिमा दैनिक २ अर्ब भन्दा बढी खर्च गर्ने संकेत देखिएको छ ।

सरकारले चालु आवमा पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रकम विनियोजन गरेको छ । जसमध्ये चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म सो शीर्षकमा रहेको रकममध्ये जम्मा १ खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख अर्थात् जम्मा ४४.६८ प्रतिशत रकम मात्रै खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विगतमा पनि सरकारले आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म ४० प्रतिशत वरिपरि मात्रै खर्च गर्ने र बाँकी ३० दिनको अवधिमा त्यसलाई ६० प्रतिशत पुर्याउने गरेको देखिन्छ । जुन प्रवृत्ति लामो समयदेखि कायम रहेको पाइन्छ ।

त्यसैले सरकारले चालु आवको अन्तिम बर्खे महिना अर्थात् असारको ३० दिन अवधिमा पनि पुँजीगत शीर्षकमा दैनिक २ अर्ब बढी रकम खर्च गर्नसक्ने देखिएको छ । 

अघिल्लो आवको जेठ महिनासम्म पनि सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ४०.२४ प्रतिशत मात्रै रकम खर्च गरेको थियो । 

जबकी सोही आवको बाँकी अवधि अर्थात् असार महिनामा मात्रै ८० अर्ब ६१ करोड १७ लाख खर्च गरेर ६१.४४ प्रतिशत पुर्याएको थियो । अर्थात् सरकारले अघिल्लो आवको असारमा दैनिक २ अर्ब ६० अर्ब भन्दा बढी रकम पुँजीगत शीर्षकमा खर्च गरेको थियो ।

त्यस्तै सरकारले आव ०७८-७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोमा सो आवको जेठ मसान्तसम्म जम्मा १ खर्ब ३७ अर्ब ९६ करोड ३१ लाख अर्थात् ३६.४९ प्रतिशत रकम मात्रै खर्च गरेको थियो ।

त्यसपछि सो आबको बाँकी रहेको असार महिनाको बर्खे अवधिमा ३२ दिनमा दैनिक २ अर्ब ४५ करोड बढी खर्च गरेर २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७.२३ प्रतिशत पुर्याएको थियो ।

आव ०७७-७८ मा पनि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम विनियोजन गरेकोमा सो आवको जेठ मसान्तसम्म १ खर्ब ४३ अर्ब ८ करोड ९४ लाख अर्थात् ४०.५४ प्रतिशत खर्च गरेको थियो ।

जबकी सोही आवको असार महिनामा प्रत्येक दिन धेरै रकम खर्च गरेर २ खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत पुर्यायो ।

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : २२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान