पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल « Khabarhub

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ(समाजवादी) को मुखपत्र सोमबार काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औँ महाधिवेशन नजिकै आइरहेको अवस्थामा विचारको मतभेद नरहेको बताएका हुन् ।

समाजवादलाई अघि बढाउने उद्देश्यसहित पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवादउन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको बताए ।

उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफूहरूसँग बिचार मिल्ने र सहकार्य गर्न चाहनेलाई साथमा लिएर अघि बढ्न चाहेको बताए । त्यसका लागि सक्दो पहल गरिरहेको पनि उनले बताए ।

त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे ।

उनले महाधिवेशनमा पार्टीको बिभिन्न दस्तावेजहरुलाई परिस्कृत गर्दै पारित गर्ने दाबी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए ।

खनालले श्रमजिवी महिलाहरूसँग पार्टी पुर्‍याउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : १७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख