अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ हुने « Khabarhub

अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ हुने


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ । 

सुनवाई ‘पहिलो सुनुवाइ’ सन् २०२४ को जुन २६ का लागि तय गरिएको सेभर्ड्लोभ्स्क क्षेत्रीय अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वाल स्ट्रिट जर्नल’का रिपोर्टरलाई मार्च २०२३ मा येकातेरिनबर्गमा रिपोर्टिङ लागि रूसमा रहेका समय गिरफ्तार गरिएको थियो र त्यसपछि उनलाई मस्कोको लेफोर्टोभो जेलमा राखिएको थियो ।

गत साता रूसी महान्यायाधिवक्ताले उनीमाथि सिआइएका लागि काम गरेको र सेभर्ड्लोभ्स्क क्षेत्रमा ट्यांक निर्माता युराल्भागोन्जाभोडको बारेमा गोप्य सूचना सङ्कलन गरेको आरोप लगाएका थिए ।

संयुक्त राज्य अमेरिकाले आरोपहरूको ‘शून्य विश्वसनीयता’ भएको बताएको छ । वाल स्ट्रिट जर्नलले रूसको घोषणालाई ‘अपमानजनक’ भन्दै आलोचना गरेको छ ।

जर्नलकी मुख्य सम्पादक एम्मा टकर र उच्च अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘इभान गेर्शकोभिचले झूटो र आधारहीन आरोपको सामना गर्नुपरेको छ । रूसको पछिल्लो कदम रूस अमेरिकाबीचको प्रतिद्वन्द्विताका कारण अपेक्षित भए पनि निकै निराशाजनक  र अपमानजनक छ ।’

मस्कोले यसअघि गेर्शकोभिचविरुद्धको मुद्दाको कुनै पनि सार्वजनिक विवरण उपलब्ध गराएको थिएन र उनी ‘रङ्गेहात पक्राउ परेको’ बताएको थियो ।

गेर्सकोभिच सोभियत कालपछि रुसमा जासुसी गरेको आरोपमा पक्राउ पर्ने पहिलो पश्चिमा पत्रकार बनेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : १७ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड