सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन « Khabarhub

सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पेट्रोल र डिजलको अभाव देखिएको छ । शनिबारदेखि ट्याकंर चालकहरू आन्दोलित भएर डिपोबाट तेल नउठाउँदा हाहाकार भएको हो ।

विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी मजदुरले गरेको आन्दोलनका कारण उपत्यकामा पेट्रोल डिजलको अभाव देखिएको हो ।

सोमबार मौज्दात रहेका पेट्रोलपम्पमा पेट्रोल-डिजल भर्नेहरूको लामो लाइन लागेको थियो । सेना, प्रहरी, सशस्त्र तथा साझा पम्पमासमेत उपभोक्ताको लामो लाइन थियो ।

सोमबार मध्यान्हपछि मौज्दात सकिएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि तेल सकिएको छ ।

पेट्रोलियम सकिएपछि छैन लेखिएको बोर्ड सेनाले झुन्ड्याइसकेको छ । सेनाको पम्प रित्तिएपछि त्यहाँ लाइनमा रहेका सयौँ उपभोक्तालाई समस्या भएको छ ।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थको अभाव भएको हो ।

सोमबार अधिकांश पम्प बन्द थिए । यस्तोमा नेपाली सेना, साझा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पबाट मात्रै इन्धन वितरण भइरहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : २६ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त