जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो « Khabarhub

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.1k
Shares
  • change font
  • change font
  • change font

कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।नयाँ जलपाईगुडीमा कञ्चनजंघा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा १५ यात्रुको मृत्यु भएको हो । यो घटनामा ३० यात्रु घाइते भएका छन् ।

मालगाडीले पछाडिबाट हानेपछि कञ्चनजंघा एक्सप्रेसका कम्तीमा दुईवटा बोगी पटरीबाट उछिटिएका थिए ।

‘दुर्घटनामा १५ यात्रुको मृत्यु भएको छ, २० देखि २५ जना घाइते भएका छन्। धेरैको अवस्था गम्भीर छ। एउटा मालगाडी र कन्चनजंघा एक्सप्रेसमा ठोक्किएपछि घटना भएको हो,’ दार्जीलिङ प्रहरीका अतिरिक्त एसपी अभिषेक रोयले भने।

यो दुर्घटना उत्तर बंगालको नयाँ जलपाईगुडी स्टेशनबाट करिब ११ किलोमिटर टाढा भएको हो ।

जुन पूर्वी र उत्तरपूर्वी भारतको उत्तरपूर्वी सिमानास्थित सबैभन्दा ठूलो र व्यस्त स्टेशनमध्ये एक हो। यो रेल अगरतलाबाट कोलकाताको सियालदह स्टेशन जाँदै थियो।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा