पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति | Khabarhub Khabarhub

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

आजैदेखि डिपोबाट पेट्रोलियम ओसार्न थालिने


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

चालकहरूको मागबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तापछि चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले आयल निगमसमक्ष राखेका मागहरूलाई लिएर उक्त सहमति भएको हो ।

सहमतिअनुसार सोमबारदेखि नै ट्यांकर चालक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता गरी उपभोक्ताको पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएका छन् ।

संघको ७ बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति पनि भएकोछ ।

त्यसैगरी निगमले व्यवसायीहरूलाई दिँदै आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक-सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ ।

अर्को सहमतिमा विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति पनि जुटेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : २० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित