‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ « Khabarhub

‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘एक्टर’का लागि नेपाल आएका नायक राजबल्लभ कोइराला अमेरिका फर्किएका छन् । उनी फिल्ममा आफ्नो अंशको काम सकेर आइतबार साँझ अमेरिका उडेका हुन् । 

फिल्मका निर्देशक राजन भुसालका अनुसार निर्माण टिमले कोइरालालाई काम सकिएपछि शनिबार नै बिदा गरेको हो । 

उनी भन्छन्, ‘सम्भवतः उहाँ फिल्मको प्रिमियर र प्रचारका लागि आउनुहुन्छ ।’

अभिनेता कोइरालाले अमेरिका जान दोहा ट्रान्जिटमा रहेको सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका थिए । उनले यो पटकको नेपाल बसाइँ विशेष रहेकोसमेत उल्लेख गरेका छन् । 

सक्रिय कलाकारिता छोडेर उनी अमेरिकामा बस्दै आएका छन् । उनले ११ वर्षपछि एक्टरबाट फिल्ममा पुनरागमन गर्दैछन् । यसको प्रदर्शन मिति कार्तिक १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ३६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६