जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै « Khabarhub

जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए । 

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए। वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । 

‘सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ’, वडाध्यक्ष थापाले भने । वर्षातमा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उनले बताए। 

‘सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ’, उनले भने। चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ । 

सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताए। स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुने छ । 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ३६ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु