भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन « Khabarhub

भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

तिब्बती नागरिक शेरब ग्याल्मोसँग मुस्ताङबाट जारी नेपाली नागरिकता !


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो अवैध सुनसहित एकजना तिब्बती नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

९९९.९ गोल्ड १ केजी लेखिएको ६ थान अवैध सुनसहित पक्राउ पर्नेमा ३७ वर्षीय तिब्बती नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार नेपाली नाम सोनाम गुरुङ लेख्ने यी तिब्बती नागरिकबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद भएको छ।

३६ वर्षीय ग्याल्मो पछिल्लो समय काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएका थिए । उनले लामो समयदेखि अवैध सुन भन्सार छलेर चोरी पैठारी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले खबरहबलाई बताए ।

उनको साथबाट सीआईबीले नेपाली नागरिकता पनि बरामद गरेको छ । ‘अवैध सुन र नगदसहित पक्राउ तिब्बती नागरिकको साथबाट एक थान नेपाली नागरिकता बरामद भएको छ’, बोगटीले भने, ‘उक्त नागरिकता मुस्ताङ जिल्लाबाट जारी भएको पाएका छौँ । यसबारेमा पनि थप अनुसन्धान अघि बढेको छ ।’

भारतमा सस्तिएपछि नेपालमै रोकियो

सीआईबीका अनुसार उक्त सुन उत्तरी नाकाबाटै भित्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

चीनबाट आएको सुन भारतीय बजारमा पुर्‍याउने योजना तस्करीमा संलग्नहरूको थियो । तर अहिले नेपाली बजारमाभन्दा भारतीय बजारमा सुन निक्कै सस्तो छ ।

भारतीय बजारमा नेपालभन्दा सुन सस्तो भएपछि तस्करीमा संलग्न चिनियाँहरू केही समयअघि ल्याएर लुकाएको प्रहरीले जनाएको छ ।

भारतमा अहिले २४ क्यारेटको १० ग्राम सुनलाई १ लाख १४ हजार ९८९ नेपाली रुपैयाँ पर्छ । सोमबारको बजार दरअनुसार यो भारतीय रुपैयाँ ७१ हजार ८७० हो ।

तर, यता नेपालमा भने सुनको मूल्य भारतकोभन्दा धेरै पर्न थालेको छ । नेपालमा सोमबारकै कुरा गर्दा पनि प्रतिग्राम १० ग्राम सुनको भाउ ५ हजार ४१ रुपैयाँले महंगो भएको छ ।

सोमबार नेपाली बजारमा २४ क्यारेटको सुन प्रति १० ग्राम एक लाख २० हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । जुन सोमबारकै कारोबार दर हेर्दा पनि भारतमा भन्दा ५ हजार बढीले महंगो हो ।

नेपालमा भन्दा भारतमा सस्तो भएपछि तस्करीमा संलग्नहरूले नेपाली बजारमै खपत गर्ने योजनाअनुसार उक्त सुन काठमाडौंमै लुकाइरहेका थिए ।

तर, सीआईबीले त्यही मौकाको फाइदा उठाएर उक्त सुन बरामद गर्न सफल भएको छ ।

‘अहिले नेपालमा सुनको भाउ महंगो भएको छ । एक तोलमा ५ देखि ७ हजारसम्म फरक परिरहेको छ’, सीआईबीका प्रवक्ता बोगटीले खबरहबसँग भने, ‘भारतमा नेपालमाभन्दा सस्तो भएपछि उक्त सुन यहीँ खपत गराउने कोसिस भएको देखिन्छ । त्यहीकारण उत्तरबाट आएको सुन भारत नलगी यहीँ स्टोर गरेको अनुसन्धानबाट देखिएको छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लागेको भन्सार शुल्क ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

यहीकारण अहिले नेपालभन्दा भारतीय बजार सुन सस्तो भएको छ । भारतमा सस्तो भएकै कारण नेपाली बजारमै बेच्ने योजना चिनियाँले बनाएको हुन सक्ने आशंका सीआईबीले गरेको छ।

भन्सार शुल्क २० प्रतिशत पुगेसँगै नेपाली बजारमा सुनको मूल्यले १ लाख ४२ हजार छोएको छ । यसअघि नेपाली बजार पनि अन्तर्राष्ट्रिय रुपमा कायम मूल्यमा आधारित थियो । बजेट भाषणमा भन्सार शुल्क बढेसँगै भारतमा भन्दा नेपालमा सुन प्रतितोला ५ देखि ७ हजार रुपैयाँले महंगो भएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्