प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव « Khabarhub

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टीले र आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भन्नु सरकार सुरक्षित नहुनु भएको बताएका छन् ।  

उनले प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग काम गर्ने समेत बताए ।

सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने,  ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदै आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको