पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात बन्दुकधारीले दुई जनाको गोली प्रहार गरी हत्या गरेका हुन् ।

छुट्टाछुट्टै घटनामा पाकिस्तानको पञ्जाब प्रान्तस्थित मण्डी बहाउद्दिन जिल्लाका ६२ वर्षीय गुलाम सरवर र राहत अहमद बाजवाको गोली हानी हत्या भएको हो ।

प्रहरीका अनुसार बेलुकीको प्रार्थना सकेर घर फर्किँदै गर्दा गुलाम सरवरलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन इण्डिया टीभीको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी, अर्को घटनामा आफ्नो केटरिङ पसलबाट घर फर्किँदै गर्दा राहत बाजवामाथि गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय सइद अली राजालाई पक्राउ गरेको छ ।

राजाले बाजवाको आस्थाका कारण आफूले गोली प्रहार गरेको स्वीकार गरेका छन् । उनी तहरिक ए लब्बियाक पाकिस्तान नामक अतिवादी संगठनसंग आबद्ध रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली