इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता « Khabarhub

इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् ।

लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल १० शव फेला पारेको जर्मन सहायता समूह रेसक्यूशिपले सामाजिक सञ्जाल एक्समा बताएको छ ।

“रेसक्यूशिपको जहाज, नाडिरमा सवार चालक दलले हाल जहाजमा ५१ जनाको हेरचाह गरिरहेको,” जर्मन परोपकारी संस्थाले भनेको छ, “पानीले भरिएको काठको डुङ्गामा जम्मा ६१ जना सवार थिए । हाम्रो टोलीले ५१ जनालाई बाहिर निकाल्न सफल भयो, तीमध्ये दुईजना बेहोस थिए । मृतक १० जना डुङ्गाको तल्लो डेकमा रहेका छन ।”

यसैबीच इटालीको तटरक्षकले छुट्टै जहाज दुर्घटनापछि क्यालाब्रियामा मानिसहरूको खोजी गरिरहेको बताएको छ । बाँचेका अनुसार ६० जना आप्रवासी बेपत्ता भएको मिडिया रिपोर्टले जनाएको छ ।

गत रातिदेखि सम्भावितरूपमा टर्कीएबाट प्रस्थान गरेका आप्रवासीहरूसहितको डुङ्गाको जहाज दुर्घटनापछि सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको तटरक्षकले बताएको छ ।इटालीको तटबाट टाढा जाँदै गरएको फ्रान्सेली डुङ्गाबाट ‘मेडे’पछि उद्धार प्रयासहरू सुरु भएको छ तटरक्षकले बताएको छ ।

फ्रान्सेली जहाजले १२ जना जीवित आप्रवासीहरूलाई जहाजमा लिनुअघि अधिकारीहरूलाई ‘आधा डुबेको डुङ्गाको उपस्थिति’ बारे सचेत गराएको थियो । त्यसपछि उनीहरूलाई इटालियन तटरक्षक डुङ्गामा स्थानान्तरण गरियो । उक्त डुङ्गले उनीहरूलाई दक्षिणी इटालीको रोसेला आयोनिका सहरमा लग्यो । तटरक्षकका अनुसार बाँचेका १२ मध्ये एकको तल ओर्लिएपछि मृत्यु भएको छ ।

एएनएसए समाचार एजेन्सीका अनुसार जहाज डुबेपछि करिब ५० आप्रवासी बेपत्ता भएका थिए । यद्यपि रेडियो रेडिकेलले यो सङ्ख्या ६४ रहेको बताएको छ । उसले समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ३६ बजे

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा