लहानमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह « Khabarhub

लहानमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ ।

गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँच जना घाइते भएका थिए । उक्त घटनाका केही आरोपीलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले आज विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरे।

विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा डकैती हुँदैछ भनी अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने, त्रसित बनाउने र जनमानसमा भ्रम फैलाउने काम गरिरहेका भन्ने बुझिन आएकाले यस्ता भ्रामक, तथ्यहीन तथा झुठो हल्लाका पछाडि नपर्न तथा शान्तिसुरक्षाप्रति विश्वस्त हुँदै आफ्ना नियमित काम गर्न सबैमा अनुरोध गर्दछौँ ।”

नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि शान्तिसुरक्षा प्रदान गर्न सक्षम रहेको भन्दै भ्रममा नपरी अफवाह फैलाउनेका बारेमा सही सूचना उपलब्ध गराउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४२ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको