कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला « Khabarhub

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको आज मुख्यमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी दिँदै धर्मशाला हलमा वैवाहिक, बैठक, सेमिनारलगायत करिब तीन सय जनाले एकैपटक सुविधा लिन पाउने व्यवस्था रहेको बताए ।

न्यून शूल्कमा विवाहका लागि आवश्यक सबै सुविधा, बेहुलाबेहुलीका लागि आराम कक्ष, भान्साघर, शौचालयलगायत सुविधा रहेका उनले जानकारी दिए ।

उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका विनाविभागीय मन्त्री सकिल अलि, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : २३ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको