बैंककको एक होटलमा ६ विदेशी मृत फेला « Khabarhub

बैंककको एक होटलमा ६ विदेशी मृत फेला


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको एक होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाइएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् । उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार