बैंककको एक होटलमा ६ विदेशी मृत फेला « Khabarhub

बैंककको एक होटलमा ६ विदेशी मृत फेला


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको एक होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाइएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् । उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ५९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६