भेटमा खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

भेटमा खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् ।

उनले शुभेच्छुकहरूलाई सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउन र भेटघाटमा खादा/मालाको प्रयोग नगर्न अनुरोध गरेका हुन् ।

विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना र बधाइका लागि व्यक्तिगत रूपमा भेट्नु भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय समेत बचत हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘शुभ प्रभात ! विभिन्न विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३१ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा