थाइल्यान्डको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो। थाइल्यान्डमा घुम्नका लागि मात्र जानेको सङ्ख्या ठुलो छ। यसरी जानेका लागि थाई सरकारले थप आकर्षणको व्यवस्था गरेको छ। यो नयाँ सुविधा भिसा प्रक्रियामा सहुलियत हो। थाइल्यान्डले ९३ देशका नागरिकलाई बिना भिसा प्रवेशको स्किम ल्याएको छ। यो स्किम अनुसार पूर्वी एसियाली राष्ट्रका मानिस ६० दिनसम्म विना भिसा बसोबास गर्न पाउँछन्। पहिले यो सुविधा ५७ देशका नागरिकलाई मात्र सीमित थियो।
गएको ६ महिनामा थाइल्यान्डमा एक करोड ७५ लाख पर्यटक भित्रिए। यो गत वर्षको सोही अवधिको भन्दा ३५ प्रतिशत बढी हो। कोरोना महामारी भन्दा अघिको समय भन्दा यो कमी हो यसरी भित्रने पर्यटकमा चीन, मलेसिया र भारतबाट सबै भन्दा बढी थिए। सोही अवधिमा थाइल्यान्डमा ८५८ अर्ब भाट राजश्व भित्रिएको थियो।
सरकारबाट लक्षित भन्दा सो रकम एक चौथाइ मात्र हो। यसै कारण सरकारले आम्दानी बढाउनका लागि नयाँ नीति लिएको हो।
मनोरम हिमाल, सेतो बालुवा भएको समुद्री किनार, स्वर्ण मन्दिर तथा रात्रिकालीन जीवन हेर्नकै लागि मानिसथाइल्यान्ड पुग्ने गरेका छन्।
सोमबार नै थाइल्यान्डले दुर्गम देशका कामदारका लागि ५ वर्षको भिसा दिन थालेको छ। सो भिसामा रहनेहरू एक वर्षमा १८० दिनसम्म बसोबास गर्न सक्छन्।
त्यहाँका विद्यार्थीका लागि थाइल्यान्डले थप सुविधा ल्याएको छ। थाइल्यान्डमा पढाइ गर्नेहरू पढाइ सकिएको एक वर्षसम्म घुम्न अलावा जागिर खोज्ने क्रममा त्यहीँ रहन सक्छन्। होटेल अपरेसन फिमा केही रकम छुटको निर्णय थाई सरकारले जुन महिनामा नै गरेको थियो। केही स्टेक होल्डरको भने त्यहाँको संरचनाले मानिसलाई आकर्षित गर्न सक्ने नभएका कारण सरकारले लक्ष्य गरेको जस्तो पर्यटक भित्रने तथा त्यसै अनुसारको राजश्व सङ्कलन हुने कुरामा शङ्का व्यक्त गर्न थालेका छन्।
थाई पर्यटन प्रवर्धन सङ्घका अध्यक्ष कान्टापाङ थानानाङ ग्रोउज पर्यटकलाई भित्र्याउने हो भने त्यसै अनुरूपको सम्पूर्ण तयारी गर्नुपर्ने बताउँछन्। ‘एक पटकको थाइल्यान्ड बसाइमा चित्त बुझेन भने त उ फेरि आउने सम्भावना नै रहँदैन,’ उनले भने।
पछिल्लो समय पर्यटक अपहरण गर्दै छिमेकी देश कम्बोडिया या म्यानमारको श्रम शिविरमा लगेर राखेका घटना पनि भएका छन्। यसले सुरक्षामा सवालमा उठेको प्रश्नले पर्यटकलाई अत्त्याउनु स्वाभाविक नै हो। गत वर्ष थाइल्यान्डको एक व्यस्त सहरमा रहेको सपिङ कम्प्लेक्समा बन्दुकधारीले आक्रमण गरेका थिए।
सन् २०२० मा कोरोना महामारीले थला परेपछि थाइल्यान्ड वर्षौँसम्म नउकासिने अनुमान गरिएको थियो। यसरी थला परेको थाइल्यान्ड गत वर्ष केही माथि उठेको हो।
सन् २०२३ को १ जनवरीदेखि ११ नोभेम्बरसम्म थाइल्यान्डमा दुई करोड ५८ लाख पर्यटक पुगेका थिए। थाइल्यान्डमा सबै भन्दा धेरै पर्यटक भित्रने महिना डिसेम्बर हो।
कोरोना महामारीपछि मलेसियाको प्रभाव थाई पर्यटन क्षेत्रमा बढ्दै गएको छ। सन् २०२२ को तुलनामा २०२३ मा थाइल्यान्ड जाने मलेसियाका पर्यटकको सङ्ख्या दुई गुनाले वृद्धि भएको हो।
सन् २०१९ मा थाइल्यान्डमा चार करोड पर्यटक पुगेका थिए। सो सङ्ख्या सन् २०२० मा घटेर ६७ लाखमा पुगेको थियो। सन् २०२१ मा त चार लाख २८ हजार पर्यटकमा थाइल्यान्डले चित्त बुझाएको थियो। प्रधानमन्त्री श्रेता थाभिसिनले थाइल्यान्डलाई चलायमान बनाउने हो भने पर्यटन विकासलाई गतिशील बनाउने बाहेक अन्य कुनै योजना नभएको बताएका छन्।
सन् २०२२ मा एक करोड ११ लाख भन्दा बढी पर्यटक भित्रिएका थिए। सन् २०२२ मा धेरै थाइल्यान्ड पुग्ने पर्यटकमा मलेसिया, सिंगापुर र भारत थिए। अहिले थाइल्यान्डको हवाई यातायात महँगो भएको छ। यसका कारण पनि पर्यटकको सङ्ख्यमा केही ल्याएको कुरामा थाई सरकारको अनुमान छ। मानिसहरूले छोट्ट्याएको रकमको एउटा हिस्सा यातायातमा खर्च गरेपछि त्यहाँ बसोबास गर्ने मानिसको सङ्ख्यामा कमी आएको हो।
थाइल्यान्डमा मलेसिया सिंगापुर, भारत र चीनका अलावा दक्षिण कोरिया र रुसबाट धेरै पर्यटक त्यहाँ पुग्ने गरेका छन्। थाई सरकारले यस वर्ष तीन करोड ५० लाख पर्यटकको लक्ष्य राखेको थियो।
थाइल्यान्डमा मलेसिया सिंगापुर, भारत र चीनका अलावा दक्षिण कोरिया र रुसबाट धेरै पर्यटक त्यहाँ पुग्ने गरेका छन्। गत वर्ष नै थाई सरकारले यस वर्ष तीन करोड ५० लाख पर्यटकको लक्ष्य राखेको थियो। पर्यटकको सङ्ख्यामा त थाई सरकार नजिक पुगेको छ। सम्भवतः पार पनि गर्छ होला। तथापि राजश्व भने अपेक्षाकृत नभएपछि थाई सरकार थप नयाँ कुरा सोच्न बाध्य भएको हो।
थाइल्यान्डको पर्यटन क्षेत्रमा भौतिक संरचनामा समस्या रहेको गुनासो यस अघि पनि नसुनिएको होइन। गत मेको अन्त्यमा प्रकाशित एक सुचांकमा थाइल्यान्ड पर्यटकीय विकासको सुचांकमा ११ स्थान तल झर्दै ४७ औं स्थानमा पुगेको हो। व्यावसायिक वातावरण, सुरक्षा अवस्था, स्वास्थ्य सुविधा, बजारको मूल्य अवस्था लगायत विषय छन्। यो सूचांकमा एसियाली देश मलेसिया, सिंगापुर, इन्डोनेसिया र भारतले थाइल्यान्डलाई पछि पारी सकेका छन्।
हवाई यातायातको अवस्था, मूल्य र पर्यटक प्रति उदार भएका कारण थाइल्यान्ड प्रति आकर्षित हुनेको सङ्ख्या संसारमा धेरै नै छ। दक्षिण पूर्वी एसियाली देशमा भियतनाम ५९ औं स्थानमा छ। यो अवस्थाका कारण थाई सरकार अत्तालिएको थियो।
थाइल्यान्डको पर्यटन क्षेत्रमा त्यहाँ बढ्दै गएको प्रदूषण पनि हो। सन् २०२३ मा एउटा रिपोर्ट प्रकाशित भएको थियो। सो रिपोर्ट अनुसार उत्तरी सहर चाइया माइ प्रदूषणको असर गरेको थियो। कमजोर हावाको गुणस्तरमा सो सहर संसारकै कमजोर समेत रहेको जनाइएको थियो। लाहोर र नयाँ दिल्लीसँग प्रदूषित हावाका लागि सो सहरको प्रतिस्पर्धा भएको थियो। सरकारले नै त्यो समयमा सबैलाई मास्क लगाउन भनेको थियो।
जे होस थाइल्यान्ड पर्यटनकै कारण संसारमा चिनिएको हो। तथापि त्यस पर्यटन व्यवसायमा सन् २०१९ मा कोरोना महामारीले प्रवेश पाएपछि थलिएको छ। पर्यटकलाई सहज वातावरण बनाउन तथा व्यवसायलाई उठाउन सरकारले चालेको एउटा कदम विना भिसा संसारका धेरै देशका पासपोर्टवाहकलाई प्रवेश हो। थाई सरकारले पर्यटककै लागि थप स्किम ल्याउने तयारी पनि अझ गरेको छ। यो पर्यटन शैलीबाट प्राकृतिक छटाले भरिपूर्ण नेपालले पनि केही सिक्न सक्छ कि ?
स्रोत : बिबिसी, सिएनएन, द डिप्ल्योम्याट र इभिएन एक्सप्रेस
प्रतिक्रिया