बालेनको कविता– ‘सत्यको कुनै एउटा पहिचान हुँदैन’ « Khabarhub

बालेनको कविता– ‘सत्यको कुनै एउटा पहिचान हुँदैन’


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।

उनले आज सामाजिक सञ्जालमा कविता राख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्युरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम सुरु भएको छ । बालेनको कविता यिनै विषयप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

कविता यस्तो छ–
सत्यको कुनै एउटा पहिचान हुँदैन

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर,
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ०० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७