बंगलादेशका नेपालीलाई दूतावासले भन्यो- अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनू | Khabarhub Khabarhub

बंगलादेशका नेपालीलाई दूतावासले भन्यो- अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको छ । 

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको हो । 

आन्दोलन चर्किदै गएपछि बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चतकालका लागि बन्द गरेको छ ।  

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’

दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलवाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा अथवा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा दूतावासमा सम्पर्क गर्न पनि भनेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ३६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग