पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख « Khabarhub

पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

सीजी फुडस्ले गरेको घोषणाअनुसार उक्त रकम आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरुप प्रत्येक रनको १ हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार दिने घोषणा गरेको थियो ।

प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतक ५० हजार, प्रत्येक शतकको १ लाख रुपैयाँ दिने भनिएको थियो । त्यसका अतिरिक्त चौधरी समूहले १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

सुपर आठमा पुगेमा राष्ट्रिय टोलीलाई ३० लाख दिने घोषणा पनि चौधरी समूहले गरेको थियो । उक्त घोषणाअनुसार विश्वकपमा नेपाली टोलीको समग्र प्रदर्शनका आधारमा कुल रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार र छक्काको १ लाख ८ हजार रुपैयाँसहित जम्मा ९ लाख ४४ हजार र थप ५६ हजार हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : १८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ