चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै « Khabarhub

चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


115.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरि केवलकारमा यात्रु अड्किएका छन् ।

विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरि केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ ।

केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । अहिले त्यहाँ उद्धार कोसिस भइरहेको छ ।

कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् ।

उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ४७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर