कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला | Khabarhub Khabarhub

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ ।

बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ०१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि