नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार   « Khabarhub

नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार  


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ । 

आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । 

आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।

त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : २२ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा