प्रहरीलाई गृहमन्त्रीको निर्देशन- विपद्‍मा जनताले सम्झिन्छन्, उच्च मनोबल बनाउनू « Khabarhub

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- विपद्‍मा जनताले सम्झिन्छन्, उच्च मनोबल बनाउनू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि सम्बोधन गर्दै उनले संविधान र कानुनका कुरा कार्यान्वयनमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ उनले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन् ।’

उनले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन रहेको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन । नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन । लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो,’ लेखकले भने ।

निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरन प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’, गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँ ।’

गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनले बताए ।

‘नेपाल प्रहरी इतिहास बोकेको एक गर्व गर्नलायक संस्था हो । कानुनी व्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका छ,’उनले थपे ।

गृहमन्त्री लेखकले सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको बताए । प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक रहेको उनले बताए ।

उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए ।

कानुनबमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनले बताए ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको छ । त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुः ख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईंहरूलाई सम्झिन्छ,’– उनले भने ।

उक्त अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर उपस्थित थिए ।

मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको निरीक्षण गरे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ५३ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत