नयाँ इजरायली लक्ष्यमा आक्रमण गर्ने हजबुल्लाहको चेतावनी « Khabarhub

नयाँ इजरायली लक्ष्यमा आक्रमण गर्ने हजबुल्लाहको चेतावनी


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिएका छन्। 

‘यदि इजरायलले हालैका दिनहरूमा जस्तै नागरिकहरूलाई लक्षित आक्रमण जारी राख्यो भने हामी इजरायलको अहिलेसम्म लक्षित नगरिएका इलाकाहरूलाई लक्षित गरेर आक्रमण बाध्य हुनेछौँ’, नसरूल्लाहले भने । 

लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले मंगलबार इजरायली आक्रमणमा तीन सिरियाली बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताएको छ। यसको जवाफमा हजबुल्लाहले उत्तरी इजरायलमा ‘कुत्युशा रकेट’ प्रहार गरेको बताएको छ।

संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी (युनिसेफ)ले हड्तालको समयमा आफ्नो घर अगाडि खेलिरहेका बालबालिकाहरू माथि गरिएको आक्रमणलाई ‘भयानक’ भनी वर्णन गरेको छ। 

इजरायली सेनाले गत महिना लेबनानमा आक्रमणका लागि परिचालन गरिएका योजनाहरू स्वीकृत र मान्य भएको बताएको थियो। नसरूल्लाह आक्रमणका कारण घरहरू ध्वस्त भएका हजारौं पीडित लेबनानीहरूलाई सहयोग गर्ने वाचा गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ५६ बजे

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)

काठमाडौं– सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने