फ्रेन्च पत्रिका लेख्छ- नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन ! | Khabarhub Khabarhub

फ्रेन्च पत्रिका लेख्छ- नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन !


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड यही असार २८ गते सत्ताबाट बाहिरिएका छन् ।

यी १९ महिनाबीचमा उनले ५ पटकसम्म विश्वासको मत नै लिए । असार २८ मा प्रचण्डले विश्वासको मत ल्याउन असफल भएसँगै उनकै सहयात्री केपी शर्मा ओली त्यसको २ दिनपछि सत्तामा पुगे ।

तीन वर्षअघि सर्वोच्च अदालतको परमादेशबाट बहिर्गमनमा परेका ओली जनादेशमार्फत फेरि सत्तामा फर्किए । उनलाई सत्तामा फर्काउनेका काम तीन वर्षअघि सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गरे ।

२०५१/०५२ पछि नेपालमा अहिलेको जस्तै राजनीतिक अस्थिरता देखिएको थियो । अहिले त्यही दृश्य नेपाली राजनीतिमा देखिएको छ । त्यहीकारण कांग्रेस र एमालेले अब राजनीतिक स्थिरता दिने भन्दै मिलेर प्रचण्डलाई सत्ताबाट बिदा गरिदिए ।

२०६२/०६३ को जनआन्दोलन र गणतन्त्र प्राप्तिपछि नेपालमा राजनीतिक स्थिरता आउन नसक्दा विश्वजगतले पनि प्रश्न गर्न थालेका छन् ।

नेपाललाई सहयोग दिन चाहनेहरूले यहाँ राजनीतिक स्थिरता खोजिरहेका बेला फ्रान्सको एउटा चर्चित पत्रिकाले रोचक शीर्षकसहित चाख लाग्दो समाचार प्रकाशित गरेको छ ।

हरेक दिन अपराह्न छापिने फ्रान्सको चर्चित दैनिक ‘ले मोन्डे’ले मंगलबारको अंकमा लेखेको छ, ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’

कुनै हिंसा या द्वन्द्वको अवस्था नभए पनि यो पत्रिकाले नेपालमा महिना-महिनामा भइरहने सरकार फेरबदललाई कटाक्ष गरेको छ ।

‘सानो हिमाली गणराज्यले हालै मात्रै मात्र १५ वर्षमा आफ्नो १४ औँ प्रधानमन्त्री नियुक्त गरेको छ’, ‘ले मोन्डे’का लागि ब्रुनो फिलिपले लेखेको यो समाचारमा ब्याख्यासहित भनिएको छ, ‘देशमा बेरोजागरी बढिरहेको छ। बेरोजगारीका कारण विदेशिने युवाहरूको संख्या बढिरहेका बेला नेपालको सार्वजनिक मामिला (राजनीतिक) केबल लेनदेन संस्कृति र नियमित परम्परा जस्तो भएको छ ।’

यो पत्रिकाले अझै अघि बढेर राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगितामा नेपालले शीर्ष स्थान कायम गरिरहेको पनि जनाएको छ ।

‘राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगिताभित्र नेपालले निरन्तर तालिकामा शीर्ष स्थान कायमै गरेको छ’, पत्रिका लेख्छ, ‘नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली (७२) ले सन् २००८ यताका १४ औँ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।’

पत्रिकाले २०४६ (१९९०) को राजनीतिक फेरबदलबाट बहुदल आएसँगै नेपालले ३० वटा प्रधानमन्त्री फेरिसकेको पनि उल्लेख गरेको छ । ‘नेपालमा १९९० मा संसदीय प्रजातन्त्र आएपछि मात्रै ३० जना प्रधानमन्त्री फेरिइसकेका छन्’, पत्रिका लेख्छ, ‘नेपालमा हरेक वर्ष नयाँ प्रधानमन्त्री आउँछन्, यो यहाँका लागि सामान्य कुरा भएको छ। करिब ३ करोड जनसंख्या भएको सानो हिमाली गणतन्त्रका लागि यही कुरा अहिलेसम्मको उल्लेखनीय उपलब्धि बन्न पुगेको छ ।’

उक्त फ्रन्च पत्रिकाले नेपालको हालैको इतिहासमा नेपालमा जति कुरा फेरिइरहन्छ्, त्यति नै उस्ताको उस्तै रहिरहने पनि उल्लेख गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेताका रुपमा ओलीलाई चित्रित गर्दै पत्रिकाले उनी वास्तवमा वैचारिक रूपमा युरोपेली शैलीको समाजवादी प्रजातन्त्रनिकट रहेको उल्लेख गरेको छ । ओलीले सन् २०१५ यता चौथो पटक सरकारको नेतृत्व गर्न लागेको पनि पत्रिकाले लेखेको छ ।

पत्रिकाले नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गुरिल्ला नेता भनेको छ। ओलीले पूर्व माओवादी गुरिल्ला नेता पुष्पकमल दाहालको स्थान लिएको पत्रिकामा लेखिएको छ । प्रचण्ड सन् २००९ मा प्रधानमन्त्री पदमा तेस्रो पटक रहेको पनि अगाडि उल्लेख गरिएको छ ।

उक्त पत्रिकाले नेपाली राजनीतिमा गठबन्धन, प्रति-गठबन्धन र विश्वासघातको क्रम अचम्मको रहेको जनाएको छ । दलहरूले एउटा गठबन्धन छाडेर अर्कोमा जोडिने र एकले अर्कालाई विश्वासघात गर्ने क्रम पनि धेरै रहेको समाचारमा भनिएको छ ।

उदाहरणका लागि पत्रिकाले कम्युनिष्टहरूले कहिलेकाहीँ राजतन्त्रवादी पार्टीसँग पनि गठबन्धन गरेका लेखेको छ । पछिल्लो पटक लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई पार्टीहरू कांग्रेस र एमाले मिलेको पनि समाचारमा भनिएको छ।

पत्रिकाले पूर्वप्रधानमन्त्री दाहाल र उनको पार्टी नेकपा माओवादीलाई लामो समयदेखि साथ दिएको आएका देशको प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले अहिले हात मिलाएको पनि जनाएको छ। उनीहरू वर्षौंदेखि एकआपसमा कट्टर विरोधी भए पनि अन्तिममा गठबन्धन गर्न पुगेको तर्क पत्रिकाले गरेकोछ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ४७ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले