प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाख रुपैयाँको छभने युवा पुरस्कार ५० हजार रुपैयाँको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ०८ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ