पाँच दिनभित्र समस्या समाधानको खाका तयार गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन « Khabarhub

पाँच दिनभित्र समस्या समाधानको खाका तयार गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन निर्देशन दिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएको सुनाएका थिए ।

उनले स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनका क्रममा देखिएका समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं’ पौडेलले भने।

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसक्नुको कारण खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५