पाँच दिनभित्र समस्या समाधानको खाका तयार गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन « Khabarhub

पाँच दिनभित्र समस्या समाधानको खाका तयार गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन निर्देशन दिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएको सुनाएका थिए ।

उनले स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनका क्रममा देखिएका समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं’ पौडेलले भने।

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसक्नुको कारण खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको