एमालेको प्रचार विभागले सञ्चार मन्त्रीलाई बुझायो ३० बुँदे सुझाव « Khabarhub

एमालेको प्रचार विभागले सञ्चार मन्त्रीलाई बुझायो ३० बुँदे सुझाव


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन कामका बारेमा सुझाव दिएको छ ।

विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्री गुरूङसमक्ष ३० बुँदे सुझाव दिएको हो ।

विभागले मिडिया काउन्सिल विधेयक पारित गरि मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसंचार प्राधिकरणको गठन लगायतका सुझाव दिएको छ ।

त्यस्तै श्रमजीवी पत्रकारबाट संचालित साना लगानीका स्वरोजगारमुलक संचारमाध्यमको प्रबर्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यबस्था लगायतका सुझावहरु पनि विभागले मन्त्री गुरुङ समक्ष पेश गरेको छ ।

सुझाव ग्रहण गर्दै गुरूङले यसलाई गम्भीरतासाथ कार्यान्वयनमा लाग्ने बताएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको