प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई « Khabarhub

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन् ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : २० बजे

जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान

काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्

भैँसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

रवि लामिछानेले ब्यालेट बक्समा ढोगेर मत खसाले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

तनहुँमा मतदान सुरु

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ ।