क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव « Khabarhub

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडाको तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ ।

दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या ब्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या ब्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ ।

अध्ययनका लागि क्यानडा आउनु अघि क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू,  पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिँदा सहज हुने दूतावासको सुझाव छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ११ : १७ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना