चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना « Khabarhub

चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– सामाजिक क्षेत्रमा सक्रिय एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा. सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।

फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा. न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए ।

हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए ।

वार्षिक १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख छुट्याएको उनको भनाइ छ ।

आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष एक करोड पुर्‍याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरूले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।

फाउन्डेसनले २० विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ ।

स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्ने लगायत उहाँहरूको योजना छ ।

सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उनीहरूले अन्य दाताको सहयोग नलिने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ११ : ५२ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण