उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’ मनाइँदै « Khabarhub

उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’ मनाइँदै


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् । 

बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताए। 

‘यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,’ उनले भने ‘बर्खायाम सकिएर हिउँद लाग्न थालेपछी हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ ।’

यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरूले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको बताए।  

स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ । रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको संस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताए । 

यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उनले बताए। तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिएको छ । 

यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि घर फर्कने उनिहरु सहरमा घुम्ती व्यवसाय गर्छन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले