दुई दिनमै ‘स्त्री-२’ सय करोड क्लबमा « Khabarhub

दुई दिनमै ‘स्त्री-२’ सय करोड क्लबमा


१ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड फिल्म ‘स्त्री-२’ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान कायम गरेको छ ।

फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन बिहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।

फिल्मले आगामी सोमबारसम्म २०० करोडको आँकडा पार गर्नसक्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडि पारेको छ । 

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  १ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति