ताइवान टापुको तटमा जहाज डुब्दा तीन बेपत्ता | Khabarhub Khabarhub

ताइवान टापुको तटमा जहाज डुब्दा तीन बेपत्ता


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

ताइपेईचिनिँया माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ । 

ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुंगा दुर्घटनाले तनाव बढाएको छ ।

शनिबार बिहान चिनिँया झण्डा भएको ‘मिन लङ यु ६०८७७’ जहाज  किमेन टापुको तटबाट करिब ६.५  नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ । 

‘जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्’, विज्ञप्तिमा भनिएको छ । 

यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुंगाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ। 

ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ४ : ०५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका