परराष्ट्रमन्त्री आरजु देउवा भोलि भारत भ्रमणमा जाँदै | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री आरजु देउवा भोलि भारत भ्रमणमा जाँदै


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपरराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले  भाेलि २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने र दुई देशीय सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ  । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

 साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।

परराष्ट्रमन्त्री देउवा ६ भदौमा स्वदेश फिर्ता हुने छिन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ०२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड