चार हजार छ सय मिटर उचाइमा गल्फ प्रतियोगिता « Khabarhub

चार हजार छ सय मिटर उचाइमा गल्फ प्रतियोगिता


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् ।

लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जिते । समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे ।

गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अण्डर हान्दै २१ स्कोर जोडे । तीनवटा होलमा पार, एउटामा त्रिपल बुगी र पाँचवटा होलमा बुगी खेलेका थिए ।

पाँचवटा होलमा पार, एउटामा डबल बुगी र बाँकी तीनवटा होलमा बुगी हिर्काउँदै दुई अण्डर २० स्कोर प्राप्त गरेका नेपाल गल्फ एशोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा द्वितीय भए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जितेका प्रतियोगिताका चिफ मार्सल भुवन गुरुङले बताए । यसअघिका दुई वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन ।

महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले पाँच अण्डर २३ स्कोरको नतिजा निकाल्नुभएको थियो । चार अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्रो भए । संयोग शाहीले ‘लङगेष्ट ड्राइभ’ हिर्काउनुभयो भने महिला गल्फर मेदाङ लामाले ‘क्लोजेष्ट टु दी पिन’को ट्रफी पाउनुभयो । याक पुरस्कार राखिएको ‘होल इन वान’ कसैले जितेनन् ।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए । विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा लेवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले एक हजार डलर आर्थिक सहयोग गरेका छन् । तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान) मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फकोर्ष मान्ने गरिएको थियो । लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : ०२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद