आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजा/कन्या संक्रान्ति/इन्द्रजात्रा (उपत्यका बिदा)/राष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धेरै मानिसले माया गर्नेछन्। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। गृहस्थ जीवनबाट माथि उठेर महान बन्ने सौभाग्य मिल्नेछ। महत्त्वकांक्षाले व्यवहार बिग्रने भएकाले कर्तव्य पूरा गर्नु आवश्यक देखिन्छ।

वृष : लगानीका स्रोतमध्ये प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। धातु र निर्माण सामग्रीको व्यापारबाट फाइदा हुने दिन छ। हरेक क्षेत्रमा परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। प्रेक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंले गरेको सहयोगले दुःखी मान्छेलाई ठुलो राहत हुनेछ। परोपकारको क्षेत्रमा झुकाब रहनेछ। आयुर्वेदिक क्षेत्रबाट फाइदा हुनेछ। मेहनत भने गर्नुपर्ने आवश्यकता देखिन्छ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : नसोचेको रोग शरीरमा देखा पर्ने जोखिम छ। सम्पत्तिका स्रोत धेरै छन्। स्वदेशमा भनद्या विदेशको रमझमले मन तान्नेछ। लगानी गरेको भए परदेशमा आम्दानीसमेत तराम्रो हुनेछ। सानासाना कुरामा अल्झिएर बस्नु भन्दा व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : समय अनुकुल चल्न नसक्दा परिवार र समाजमा अप्ठेरो पर्नसक्छ। तपाईंका योजना पूरा हुनेक्रममा रहेकाले अध्ययन र अध्यापनमा जोश र जाँगर चल्नेछ। परीक्षाको पर्खाइमा भए तपाईं सफल बन्नुहुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। पुराना कामलाई निरन्तरता दिनु नै आजको उपलब्धि हो। तपाईंको विरोध गर्ने समूह संगठित भएकाले व्यवहार गर्दा हरेक ठाउँमा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंले बनाएका योजनाविरुद्ध आवाज उठ्ने खतरा छ।

तुला : शिक्षाको ज्योति फैलाउने दिन छ। अध्ययन र अध्यापनमा जोश र जाँगर बढ्नेछ। साथीको साथ र सहयोग रहनेछ। समाजसेवामा अवसर प्राप्त हुनेछ। यसको सदुपयोग गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिक : ग्रह गोचरीमा प्रतिकुल रहेकाले दैनिक भइरहेको काम भन्दा बाहिर हात नलगाउनु राम्रो हुनेछ। ठुला व्यक्तिसँग सुझाव लिएर गरेको काम सफल बन्नेछ। परिवारमा शान्त वातावरण बन्नेछ। शान्त वातावरणमा दैनिकी बित्नेछ।

धनु : सानो लगानीबाट ठुलो काम बन्नेछ। लगानी गर्दा कार्यएकता भए राम्रो नतिजा प्राप्त हुनेछ। बढी समय परोपकारी क्षेत्रमा दिएमा दिन सहज बन्नेछ। तपाईं परोपकारमा सक्रिय हुँदा परिवारमा खटपटी बढ्नेछ।

मकर : धन लक्ष्मी योग परेको छ। सम्पत्ति आर्जनकोक्रममा एकपछि अर्को अवसर प्राप्त हुनेछन्। राजनीतिमा भने ठगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिने योग भएकाले दिन राम्रो छ।

कुम्भ : सानो कामले सताउने जोखिम छ। समाज र परिवारसँगको सम्बन्धको सौहार्दता घटेर जानेछ। खर्च बढुनेछ। साढेसातीको दशा भएकाले गणेशलाई दूबो चढाएमा भाग्यको उदय हुनसक्छ। लगानीको षेत्रबाट भने उत्साह बढ्नेछ।

मीन : आफ्नै कारणले आफूलाई दुःखी बनाउने योग छ। ठुला मान्छेलाई सम्मान गर्ने बानी नहुँदा समस्या हुनसक्छ। परिवारले शंकाको घेरमा राख्ने खतरा छ। हरेक चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्ने दिन छ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ४६ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक