विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित « Khabarhub

विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले क्यानडासँग नमिठो हार ब्यहोरेको छ। मंगबलार बिहान सम्पन्न खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो। न

नेपालको ब्याटिङ लाइन नचल्दा नेपालले नमिठो हार खाएको हो। क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन मात्र बनाएर अलआउट भयो।

कुनै पनि ब्याट्सम्यान नचलेको नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे। उनले २४ बलको सामना गर्दा केसीले २ चौका र २ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन थपे।

नेपालका लागि ओपनर कुशल भुर्तेल १० बल खेलेर १ रनमै आउट भएका थिए। उनलाई क्यानडाका हेलिगरले एलबिडब्लूको धरापमा पारे।

आसिफ शेखले २० रन बनाए भने भीम सार्की १८ रनमा आउट हुँदा कप्तान रोहित पौडैल ५ रनमा सीमित भए। कुशल मल्लले १२ रन बनाएको खेलमा दीपेन्द्रसिंह ऐरी ८ र सोमपाल कामी ६ रनमा आउट भए।

नेपालले २५.१ ओभरमा ७ विकेट गुमाउँदा ८० रन जोडेको थियो। ब्याटिङ लाइन पुरै नचल्दा बलर ब्याटिङ सम्हाल्न पुगेका थिए।

बलिङमा क्यानडाका हेलिगरले ५ विकेट लिँदा मात्र ३१ रन खर्चिए। अखिल कुमार र अंश पटेलले २-२ विकेट हात पारे।

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालविरुद्ध क्यानडाले ८ विकेटको क्षतिमा २५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलास किर्टनले उत्कृष्ट ब्याटिङ गरे। किर्टनले नटआउट ७३ रन बनाएका थिए उनले ४४ बलमा ३ चौका र ६ छक्का हिर्काएका थिए।

बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले १-१ विकेट हात पारे।

विश्वकप लिग-२ मा पाँच खेल खेलिसकेको नेपालले एक मात्र जित निकालेको छ। क्यानडा भ्रमणमा रहेको नेपालले दोस्रो खेलमा ओमानसँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह