कुनै समय ट्रम्पकै मतदाता थिए गोली काण्डका आरोपी राउथ « Khabarhub

कुनै समय ट्रम्पकै मतदाता थिए गोली काण्डका आरोपी राउथ


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको अन्तर्राष्ट्रिय गल्फ कोर्सको गोली काण्डका आरोपी रेयन विस्ली राउथका बारे थप समाचार बाहिर आएको छ।

राउथ कुनै समय डोनाल्ड ट्रम्पका समर्थक थिए। विदेशी लडाकुलाई युक्रेनमा पक्षमा लड्न उक्साउन प्रयास गरेका उनले आफ्ना धेरै गतिविधि युक्रेनमा बसेर गर्ने गरेका थिए।

सन् २०२२ मा उनको सैन्य अनुभव नभएका कारण युक्रेनले सहयोग लिन अस्वीकार गरेको थियो।

अमेरिकी गुप्तचर संस्था एफबीआईले उनका बारे थप तथ्य पत्ता लगाउन युक्रेनबाट फोन डिटेल झिकाउने भएको छ। उनको सामाजिक सञ्जालको प्रोफाइल अनुसार सबैले युक्रेनलाई रुसको विरुद्धको युद्धमा सहयोग गर्न अपिल गरेका छन्।

न्यु योर्क टाइम्सकै अनुसार कुनै सैन्य अनुभव नभएका साउथ सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि तालीवानसँग भिडेका अफगान सेना खोज्न युक्रेन पुगेका थिए।

उनको प्रोफाइल अनुसार प्यालेस्टाइन पक्षधर, ताइवान पक्षधर तथा चीन विरोधी भएको समेत पुष्टि हुन्छ। उनको प्रोफाइलमा सन् २०१९ मा कोरोना भाइरसको विकास चिनियाँ ल्याबबाटै भएको लगायत कुरा उल्लेख गरिएका छन्।

सन् २०२० मा ट्रम्पलाई मतदान गरेका उनी २०२० उनैसँग रिसाएको थिए, ‘आइ विल बि ग्ल्याड ह्वेन यु विल बि गोन,’ उनले उल्लेख गरेका थिए। गत निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई मतदान गरेका उनले सन् २०१९ र २०२० को डेमोक्र्याटिक पार्टीको चन्दा सङ्कलन कार्यक्रम एक्ट ब्लुलाई १४० डलर सहयोग गरेका थिए। उनको घरको पछि बाइडेन ह्यारिस अभियानको स्टिकर टाँसिएको छ।

विगतमा राउथले अहिले दल त्याग गर्दै ट्रम्पलाई साथ दिइरहेकी तुलसी गाबार्डलाई पनि समर्थन गरेका थिए। विगतमा उनी रिपब्लिकका राष्ट्रपतिका दाबेदार विवेक रामाश्वामी र निक्की हेलीका पनि समर्थक थिए।

उनकै छोरा ओरानले भने आफ्ना बाबु दयालु र मायालु भएको प्रतिक्रिया दिएका छन्। छिमेकीको नजरमा पनि उनको प्रभाव राम्रो छ।

सन् १९९० मा नक्कली चेकको अभियोग लागेका उनीमाथि विध्वंस कार्यका लागि हात हतियार ओसार पसारको अभियोग थियो। उनी माथि मानिसलाई पिटेर भाग्ने, हतियार, अपहरण र हिंसा लगायत अनेकौँ आरोप लागेका छन्। चोरीको सामान घरमा नै राख्ने गरेका छन्। उनलाई नजिकबाट चिन्नेहरू आपराधिक मनोवृत्ति भन्दा कुनै कुराको एकदमै क्रेजी भएको ठहर गर्छन्।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : ०३ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा